बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निमपानी खानुस्, इम्युनिटी बढाउनुस्

मङ्गलबार, १३ असोज २०७७, १६ : ०२
मङ्गलबार, १३ असोज २०७७

स्वादमा कडा निम स्वास्थका लागि निकै फाइदाजनक छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानी तपाईले घरमै तयार गर्नसक्नुहुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।  
निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्ने समस्यालगायत टाढा हुन्छन् । निम पानीको सेवनले हुने फाइदा यस्ता छन् । 

प्रतिरोधी क्षमता बढाउँछ 
 कोरोनाकालमा स्वास्थ र प्रतिरोधी प्रणालीलाई बलियो बनाइराख्नुपर्छ, यसका लागि निमको पत्ती सेवन गर्नुस् । निमको काडाँ वा यसको पानी पिउनुस् । निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यदी गम्भिर रोगहरुबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुस् । 

दाँतका लागि लाभदायक 
 दाँतका लागि लाभदाय निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ ।  यसले दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन् । किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, यसले दाँतमा विद्यमान ब्याक्टेरिया सफा गर्छ । ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि टाढा भाग्छ । दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ । 

छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ । 
निमको पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपालको स्याहार गर्छ । यसको एन्टी ब्याक्टेरियल गुणले छालाको ब्याक्टेरिया मार्छ । 

पेट दुख्ने समस्याबाट पनि निमले आराम दिन्छ । यसले पेटको अल्सर कम गर्छ । पेट फुल्ने, ऐठन, कब्जियत आदी टाढा गर्छ । पेटलाई फ्लु र संक्रमणबाट बचाउँछ । यसले पेटभित्र रहेका हानिकारक ब्याक्टेरियालाई नस्ट गर्नसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप