जापानमा निर्मित सुजुकी कार अब नेपाली बजारमा आउँदै, यस्तो छ डिजाइन र मूल्य

काठमाडौं–नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्ग्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।
हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द लिन सक्नेछन् ।
सिजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिनेछ । सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका त्पादन भित्र्याउने तयारीमा रहेको कम्पनीले बताएको छ ।
यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभी मध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास रहेको छ । भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ ।
सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रि–बुकिङ्ग सुरु गरेको छ साथै विशेष अफरको व्यवस्था समेत गरेको छ । यी गाडीहरु सिजी नेक्स्ट जेन सोरुमहरु बाट उपलब्ध हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु