शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राकृतिक विपद्का घटनामा परी ६ महिनामा ३९८ को मृत्यु

मङ्गलबार, १३ असोज २०७७, १३ : ४७
मङ्गलबार, १३ असोज २०७७

 विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिलेपनि पहिरोमा हराइरहेकाहरुको शव फेला पर्न सकेको छैन  ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् । 

प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएदेखि अर्थात गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ । 

 सोही अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको मनसुन भएयताको तथ्यांकमात्रै हेर्दा पनि ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते देखिन्छ ।

प्राधिकरणले बितको २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा गरेर ५ स्थानमा आगलागी, ३ स्थानमा अबिरल वर्षा, ३ स्थानमा जनावर आक्रमण, १ स्थानमा बाढी, १ स्थानमा पहिरोका घटना भएको जनाएको छ ।
  यी घटनामा परेर ३ जनाको मृत्यु र ४जना घाइते भएका छन् भने ७३ लाख २५ हजार २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप