शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओमनका नवनियुक्त श्रममन्त्री र नेपाली राजदूत पराजुलीबीच भेटवार्ता

मङ्गलबार, १३ असोज २०७७, १३ : ०६
मङ्गलबार, १३ असोज २०७७

ओमनका नवनियुक्त श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन र ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ। श्रम मन्त्रालय भएको भेटवार्तामा ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले श्रम मन्त्रीको रुपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई  ज्ञापन गरेकी थिइन्।

राजदूत पराजुलीले श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइनलाई नेपालको राजनीतिक,आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउँदै हाल नेपालले लिएको “सुखी नेपाली सम्बृद्ध नेपाल” लक्ष्यलाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे जानकारी गराएकी थिइन्।

राजदूत पराजुलीले ओमनमा रहेका नेपाली श्रमिकहरुको संख्या र अवस्थाबारेमा मन्त्रीलाई अवगत गराउँदै सन् २०२० को शुरुमा नेपालको संघीय संसद,प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा बताइन्। उनले नेपाल र ओमान बीच हुने  श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिईइन्।

मन्त्री डा. महद बिन सईद बिन अलि बाउइनले ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा ओमनको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी गराउँदै,नेपाली जनशक्तिबारे जानकार रहेको बताए।

मन्त्री डा. महद बिन सईद बिन अलि बाउइनले श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए। नेपालको आर्थिक तथा सामाजिक पक्षमा  जिज्ञासा राख्दै उनले नेपाली कामदारहरुको प्रशंसा गरेका थिए। उनले आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए।

भेटवार्तामा नेपाल र ओमानबीच हुने दुइ पक्षीय श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता भएको थियो।
भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकाल सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप