मिलन सर फिल्म कहिले बनाउने ?
काठमाडौं । पछिल्लो समय लगातार फिल्म दिने निर्देशक मध्येका एक मिलन चाम्स पनि हुन् । गतबर्ष उनका केही फिल्म लगातार समेत रिलिज भए । अहिले पनि चाम्सको रफ्तार उस्तै छ । अहिले फिल्मी निर्माणको वातावरण त छैन । तर पनि उनी एकपछि अर्काे फिल्म घोषणा गरिरहेका छन् ।
लकडाउनकै समय फिल्म छायाँकनका लागि लोकेशन हेर्न चितवन, दमौलीलगायत पुगेका चाम्सका केही अघि घोषणा भएका दुई फिल्म ‘गोर्खा वारियर’ र ‘बिर बिक्रम २’ निर्माण हुन बाँकी रहेका छन् । ‘गोर्खा वारियर’का लागि प्रशान्त तामाङ, वर्षा शिवाकोटी जस्ता कलाकार समेत छनौट भएका थिए । तर, उनले अहिले एक नयाँ फिल्मका लागि भन्दै अभिनेत्री साम्राज्ञीसँग सम्झौता गरिसकेका छन् ।
‘गोर्खा वारियर’ र ‘बिर बिक्रम २’ र अहिले साम्राज्ञी अनुबन्धित भएको सहित अहिले मिलनको घोषणा भएको तीन फिल्म भएको छ । तर एक पनि फिल्मको शुभ–मुर्हूत, छायाँकनलगायत काम अगाडि बढ्न सकेको छैन । सबै फिल्मको काम घोषणा र होमवर्कमा मात्र सिमित हुन पुगेको छ । एकपछि अर्काे फिल्म घोषणा मात्र गरिरहेका चाम्सको यो शैली कायम नै रहने हो भने एक दिन उनलाई दर्शकले प्रश्न गर्ने छन् । मिलन सर फिल्म कहिले बनाउने ? कि घोषणा मात्र गर्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु