बझाङ घटनाबारे बुझ्न राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई डाक्यो
मङ्गलबार, १३ असोज २०७७, १३ : ००
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएकी विषयमा गृहमन्त्री रामबहादुर थापासँग छलफल हुने भएको छ । समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे छलफलका लागि बोलाएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन ।
आजको बैठकमा समितिका सदस्यहरुले मन्त्रालयलाई कुन कुन कुरामा ध्यानाकर्षण गराउने बारे छलफल गर्ने उनले बताइन् । गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारवाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो । यस्तै गृहमन्त्रीसँग नेपाल र चीनबिचको सीमाबारे बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा भट्टराई
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र