शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेले सूचीकृत कम्पनीलाई भन्यो, ‘असोजभित्र सूचीकरण शुल्क बुझाउ’

मङ्गलबार, १३ असोज २०७७, १२ : १७
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको लागि सूचीकृत भएका कम्पनीलाई नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको शुल्क बुझाउन सार्वजनिक सूचना प्रकाशन गरेको हो । सूचीकरण नवीकरणको लागि असोजभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था भएकाले बाँकी कम्पनीलाई शुल्क बुझाउन आग्रह गरेको छ ।

५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको लागि नेप्सेले नवीकरण शुल्क १ लाख रुपैयाँ तोकेको छ । त्यस्तै ५० करोडसम्मका कम्पनीलाई ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यता, ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका म्युचुअल फन्डले २५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउन पर्नेछ । भने, ५० करोड माथिका म्युचुअल फन्डले ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप