शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के यो सैन्य पोसाकले अमेरिका चीनविरुद्ध युद्धको तयारी गर्दैछ भन्ने संकेत गर्छ ?

मङ्गलबार, १३ असोज २०७७, १२ : २१
मङ्गलबार, १३ असोज २०७७

अमेरिकाले आफ्ना सैनिकहरुको पोसाकमा चीनको आकृति राखेर सैन्य अभ्यास गरेको छ । चिनियाँ राष्ट्रिय मिडियाले यसलाई उत्तेजना फैलाउने सङ्केतको रुपमा व्याख्या गरेको छ ।

मंगलबार समापन हुने सैन्य अभ्यास क्यालिफोर्नियामा भइरहेको थियो । तर, चिनियाँ राष्ट्रिय मिडियाले साउथ चाइना सीमा अमेरिकाले कुनै आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

अमेरिकामा रहेको एयर फोर्स पत्रिकाका अनुसार युएस भेटरान ड्रोन फ्लीटले गत सेप्टेम्बर ३ बाट उक्त अभ्यास शुरु गरेको थियो । उक्त अभ्यास प्रशान्त क्षेत्रमा केन्द्रीत रहेको पत्रिकाले जनाएको छ ।

उक्त अभ्यासका लागि तयार गरिएको ‘प्याच’ (सैन्य पोसाकमा टालिने गोलाकार संकेत) मा चीनको रातो नक्सामाथि एमक्यू–नाइन ड्रोन उडिरहेको देखाइएको थियो ।

सैन्य अभ्यासमा अमेरिकी जलसेनाको थर्ड फ्लीटको पनि सहभागिता रहेको थियो । अभ्यासका दौरान ड्रोनको मद्दतले क्यालिफोर्नियाको तट नजिक रहेको सान क्लेमेन्ट टापुमा सांकेतिक आक्रमण गरिएको थियो ।

चिनियाँ तटभन्दा टाढा यो अभ्यास गरिए पनि त्यहाँको राष्ट्रिय मिडियाले ती ड्रोनहरुलाई साउथ चाइना सीमा निर्माण गरिएका चिनियाँ भौतिक संरचनाहरुमा आक्रमण गर्न प्रयोगका लागि विकास गरिन सक्ने आशंका जताएका छन् ।

चीनको नक्सा भएको आकृति सैन्य पोसकमा प्रयोग गरेर अमेरिकाले जनताको मष्तिस्कमा चीन र अमेरिका युद्धमा जाने चित्र बनाउन खोजेको ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयमा भनिएको छ ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप