बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेड वाइन’मा पल र साम्राज्ञी प्रेमी जोडी

मङ्गलबार, १३ असोज २०७७, ११ : ५५
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । अभिनेता पल शाह तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एकसाथ फिल्ममा देखिने भएका छन् । निर्माणको तयारीमा रहेको फिल्म ‘रेड वाइन’मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।
यस अगाडि केही निर्माताले आफ्नो फिल्ममा दुबैलाई जोड्ने प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएन् । निर्माता रमेश एमके पौडेलले भने आफ्नो फिल्म ‘रेड वाइन’मा दुबैलाई जोड्न सफल भए । 

पौडेलले यो फिल्म आफ्नै निर्देशन गर्न लागेका हुन् । यसअिघ रूद्रप्रिया तथा रज्जारानी जस्ता फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा यो डेब्यु फिल्म हो । 
प्रेमकथामा बन्न लागेको फिल्ममा पल र साम्राज्ञी पे्रमी जोडीको रुपमा देखिदैछन् । दुबैको प्रेमकथा फिल्ममा उत्कृष्ट हुने निर्माण युनिटको अनुमान रहेको छ ।

फिल्मको छायांकन अमेरिकामा गरिने बताइन्छ । फिल्ममा कथा, गीत समेत निर्देशन पौडेलकै रहनेछ । फिल्मको पटकथा तथा संवाद भने निर्देशक समेत रहेका सविर श्रेष्ठको रहनेछ । पल र साम्राज्ञीसंगै सन्दीप क्षेत्री तथा अमेरिकामा नै बसोबास गर्ने इमिली लामाको अभिनय रहने फिल्म आर्यन फिल्म्स् प्रोडक्सन प्रालि र बोधि एचडी अमेरिकाको ब्यानरमा पासाङ लामा र आर्यन पौडेलको निर्माणमा बन्ने छ ।

कोरोना संक्रमणको अवस्था हेरेर फिल्मको छायांकन दशैं र तिहारको बीचमा गर्ने आफ्नो योजना रहेको निर्माता निर्देशक पौडेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप