बिक्रमले ‘खोला खाल्सी हे माया’को आम्दानी बालआश्रमलाई दिने
काठमाडौं । गायक तथा शर्जक बिक्रमजंग शाहको नयाँ गीत ‘खोला खाल्सी हे माया’ सार्वजनिक भएको छ । गीत गायनमा शाहलाई गायिका सिर्जु अधिकारीले साथ दिएकी छन् । अमृत खातीको रहेको गीतमा शब्द गायक शाहकै रहेको छ ।
नेपाली मौलिक शैलीमा तयार भएको गीतको भिडियो समेत बनेको छ । जसमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खाती लगायत दर्जन बढी कलाकारको अभिनय रहेको छ ।
काभ्रेको रमणिय स्थानहरुमा छायाँकन भएको भिडियो शिशिर बुढाथोकीले निर्देशन गरेका हुन् । गीतमा सागर गौतमको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
गीतको आम्दानी गायकले कलाकार सुलेमान शंकर (इकु)द्वारा संचालित स्नेहा बालआश्रमलाई उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ