बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध

मङ्गलबार, १३ असोज २०७७, ११ : ०५
मङ्गलबार, १३ असोज २०७७

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । 

कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी फेरि परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा भने अझै सञ्चालन हुन सकेको छैन । 
 
कोरोना महामारीले प्राय सवारी साधान आवतजावत ठप्प भए पनि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध्यता छ । यसरी सामान खरीद गर्दा एक त ढुवानी महङ्गो परेको छ भने समयमा सामग्री आइपुग्दैन । बल्लतल्ल आएको सामान पनि अधिकांश बिग्रिने गरेका छन् । 

त्यस्तै कर्मचारी बिरामी र सर्वसाधारणसमेत जोखिम मोलेर हिँड्न बाध्य छन् । पुलसमेत बनाउन नसक्दा फड्केबाट यात्रा गर्नुपर्ने अवस्था पनि उस्तै छ । एक जना मात्रैले फड्केबाट यात्रा गर्नसमेत असहज भएको स्थानीय बताउँछन् । फड्के समात्ने समूह नभए मनाङको यात्रा गर्न सक्ने अवस्था छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप