बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण कुन देशमा के भयो ? मुख्य अपडेट्स

मङ्गलबार, १३ असोज २०७७, १० : ५९
मङ्गलबार, १३ असोज २०७७

– नेदरल्याण्डमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रतिबन्ध लागू गरिएको छ । नयाँ प्रतिबन्ध अनुसार कुनै घरमा एकपटकमा तीनजनाभन्दा बढी पाहुना आउन अनुमति हुने छैन । बार र रेष्टुरेन्ट राती १० बजेसम्म मात्रै खुल्ला रहनेछ र जसलाई संक्रमणको सबैभन्दा धेरै खतरा छ उनीहरुका लागि खरिदारीको समय निश्चित गरिनेछ ।

– थुप्रै युरोपेली देशमा पनि नयाँ नियम लागू गरिएको छ । स्पेनको राजधानी मेड्रिडमा बस्ने करिब १० जना मानिसहरु मात्रै स्कूल र कामका लागि आफ्नो इलाकाबाट अर्को इलाकामा जान सक्नेछन् । सार्वजनिक पार्क बन्द रहनेछ । फ्रान्सका १२ इलाकामा (जसमा पेरिस पनि समावेश छन्) राती १० बजेदेखि बिहान ६ बजेसम्म बार बन्द रहनेछन् । यस्तै ब्रसेल्समा क्याफे र बार राती ११ बजेसम्म मात्रै खोल्ने अनुमति छ ।

–अष्ट्रेलियाको भिक्टोरियामा होटल क्वारेन्टिन सिस्टमका कारण ७ सय ६८ व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ र करिब १८ हजार ४ सय १८ जना संक्रमित भएका छन् । यो कुरा एक अनुसन्धानमा सार्वजनिक भएको हो ।

– भारतमा कोरोना संक्रमणको मामिला बढेर ६० लाख पार पुगेको छ । विशेषज्ञका अनुसार यो स्थिती थप भयावह हुनसक्छ किनभने अबका महिनामा थुप्रै चाडपर्व छन् ।

– केन्यामा मंगलबारदेखि पब खोल्ने अनुमति दिइएको छ । तर केन्याका राष्ट्रपति ओहुरु केन्याताले रात्री कर्फ्यूलाई थप ६० दिनका लागि बढाएका छन् । साथै स्कूल बन्द नै रहनेछन् ।

– चीनको राजधानी बेइजिङमा मेडिकल व्हिलिलब्लोअर्स (मेडिकलसँग जोडिएका जानकारीलाई सबैभन्दा पहिला दिनेहरु वा चेतावनी जारी गर्नेहरु) को सुरक्षाका लागि आइतबार एक नयाँ कानून पारित गरिएको छ । यो कानून ऊहानका नेत्र रोग विशेषज्ञ डा. ली वेनलियांगको मामिलालाई ध्यानमा राखेर बनाइएको छ । कोरोनाभाइरसको सुरुवात गत वर्ष चीनको ऊहान शहरबाट भएको थियो ।

– अमेरिकामा कोरोनाभाइरसको संक्रमणले एकपटक पुनः भयानक रुप लिनसक्छ । जोन होपकिन्स युनिभर्सिटीको आँकडाको अध्ययनको आधारमा जाडोयाममा कोरोनाभाइरसको प्रकोडले एकपटक पुनः गम्भीर रुप लिनसक्ने  आशंका जताइएको छ । आशंका गरिए अनुसार जाडोयाममा अमेरिकाका २१ राज्य एकपटक पुनः संक्रमणको नराम्रो अवस्थाबाट गुज्रन सक्छन् । अमेरिका दुनियाँको सबैभन्दा प्रभावित देश हो । अमेरिकामा ७० लाखभन्दा बढि कोरोना संक्रमित छन् भने हालसम्म यहाँ दुई लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

– साउदी अरबले नोभेम्बरमा हुने जी२० सम्मेलन भर्चुअल नै आयोजना गर्ने घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणका कारण यस्तो निर्णय लिइएको हो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप