बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे

मङ्गलबार, १३ असोज २०७७, ०८ : ३८
मङ्गलबार, १३ असोज २०७७

तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ । उक्त मार्गअन्तर्गत व्यासनगरपालिका–१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो । 

विसं २०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ । नगरपालिकाको रु ११ लाख र जनसहभागिता लागत रु पाँच लाख गरी रु १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए ।

उक्त बजेटमार्फत करिब ३०० मिटर सडक कालोपत्रे गर्नुका साथै १२ मिटर लम्बाइ आरसिसी ढलान गरी पानी कटाउने नालासमेत निर्माण सम्पन्न गरिएको उनले बताए । पुरानो सडक मार्गको रूपमा परिचित उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या त्यसक्षेत्रका बासिन्दा तथा यात्रुहरुले भोग्नुपरेको थियो । 

पृथ्वी राजमार्गको बुल्दी खोलादेखि चारकुनेसम्मको करिब डेढ किलोमिटर दूरीमध्ये गत वर्ष ४०० मिटर दूरी सडक कालोपत्रे गरिएको थियो । उक्त सडकअन्तर्गत कालोपत्रे गर्न बाँकी रहेको करिब ६०० मिटर सडक मार्गमा भने यसअघि नै ग्राबेल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप