सारा अली खानसँग असाध्यै रिसाएका छन् पिता सैफ अली खान ?
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानसँग जोडिएको ड्रग्स मामिलामा नार्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले २० जनालाई पक्राउ गरिसकेको छ । एनसीबीले शनिबार अनुसन्धानको सिलसिलामा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ गरेको थियो । यसैबीच एक चकित पारिदिने खुलासा भएको छ ।
सारासँग रिसाएका छन् पिता सैफ अली खानः
बलिउडलाइफ डट कममा प्रकाशित एक खबर अनुसार सारा अली खानका पिता सैफ अली खानले आफ्नी छोरीलाई यो मामिलाबाट बचाउनका लागि पन्छिएका छन् । भारतीय मिडियालाई विश्वास गर्ने हो भने सैफ अली खानले छोरी सारालाई बचाउन अस्विकार गरेका छन् । यस्तै भारतीय मिडियामा प्रकाशित विभिन्न रिपोर्टमा बताइए अनुसार साराको ड्रग कनेक्सनको खुलासा हुँदा सैफ अली खान असाध्यै रिसाएका छन् र उनलाई समर्थन नगर्ने पक्षमा छन् ।
हजुरआमा शर्मिला टेगोरले गरिरहेकी छिन् साराको मद्दतः
यति मात्रै होइन, यो मामिलामा सैफ अली खानले आफ्नी पूर्व श्रीमती तथा साराकी आमा अमृता सिंहमाथि पनि निकै कटाक्ष गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यसैबीच सैफ अली खान आफ्नी गर्भवती श्रीमती करिना कपुर खान र छोरा तैमुरसँग दिल्ली प्रस्थान भइसकेका छन् ।
करिना आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङमा व्यस्त छिन् । जबसम्म करिना त्यहाँ आफ्नो फिल्मको सुटिङ गर्नेछिन् तबसम्म उनी त्यहाँ नै बस्ने बताइएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने सारा अली खानलाई यो मुश्किल घडीमा उनकी हजुरआमा शर्मिला टेगोरले मद्दत गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण