केन्द्रीय संस्करण
अर्थतन्त्र

चलायमान भएन दसैँ अर्थतन्त्र

चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ आउन लगभग तीन साता बाँकी छ । सामान्य अवस्थामा यतिबेला बजारमा दसैँको चहलपहल बढेको हुन्थ्यो तर कोरोना महामारीका कारण बजारमा दसैँको रौनक देखिएको छैन ।

दसैँ लक्षित किनमेल सुस्ताएको छ । कोरोना माहामारीका कारण कयौँ श्रमिक एवम् निजी क्षेत्रका कर्मचारीले रोजगारी गुमाएका छन् । नियमित आम्दानी नै सुकेपछि चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ मा जारी लकडाउन चार महिना लम्बिँदा कयौं श्रमिक तथा कर्मचारी घरमै थन्किएर बस्नुप¥यो । मध्यम वर्गका परिवारले सामान्य अवस्थामा दसैँका लागि दुई÷चार महिना अघिदेखि नै खर्चको जोहो गर्नुपर्ने हुन्छ । लकडाउन र निषेधाज्ञाले गर्दा दुई छाक टार्नसमेत मुस्किल भइरहेको अवस्थामा त्यस्ता परिवारका लागि दसैँको रौनक निकै टाढाको विषय भएको छ ।

व्यापारी–व्यवसायीका लागि पनि दसैँ महत्वपूर्ण अवसर हो । वार्षिक उपभोगको झण्डै ३० प्रतिशत हिस्सा दसैँले ओगट्ने भएकाले पनि यो समय व्यापार–व्यवसायको मुख्य सिजन पनि हो । तर रोजगारी गुमाएका, आर्थिक रुपमा थिलथिलो भएका उपभोक्ताले विगतकै सरह उपभोग्य वस्तु खरिद गर्न नसक्ने अवस्था रहेका कारण यो वर्ष व्यापारी–व्यवसायीका लागि पनि दसैँले खासै रौनक ल्याउन सकेको छैन ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल विगतमा दसैँ–तिहार तथा छठ जस्ता पर्वमा लत्ताकपडा, खाद्यान्नदेखि गरगहनाको बिक्री हुने गरे पनि यस वर्ष माग नै नभएकाले व्यवसायीले आयात नगरेको बताउँछन् । गत वर्ष माग गरिएको मालसामान पनि चीनको केरुङ नाकामा अड्किएको छ । रोजगारी नै गुमेपछि आममानिसको क्रयशक्ति गुमेको छ ।

अहिले अर्थतन्त्र नै मुर्झाएको छ । दशै लक्षित किनमेल छैन । विगतमा असार लागेसँगै दसैँ लक्षित सामान आयात गर्न व्यवसायीहरु एलसी खोल्न थाल्थे तर अहिले न एलसी खोलिएको छ, न त नयाँ सामानको माग नै भएको छ ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल विगतमा दसैँ–तिहार तथा छठ जस्ता पर्वमा लत्ताकपडा, खाद्यान्नदेखि गरगहनाको बिक्री हुने गरे पनि यस वर्ष माग नै नभएकाले व्यवसायीले आयात नगरेको बताउँछन् । गत वर्ष माग गरिएको मालसामान पनि चीनको केरुङ नाकामा अड्किएको छ । रोजगारी नै गुमेपछि आममानिसको क्रयशक्ति गुमेको छ । अग्रवाल भन्छन्, ‘आफन्तहरुकोमा टिका लगाउन जाने, कतै घुम्न जाने भए नयाँ लत्ताकपडाको माग हुन्थ्यो होला  तर कोरोनाले सबै घरमै हुने भएकाले यो वर्ष दसैँमा पनि लत्ताकपडाको माग छैन । व्यवसयीहरुले नयाँ सामान ल्याएका पनि छैनन् ।’

यो दसैँमा २० प्रतिशत व्यापार हुन पनि मुस्किल रहने उनको भनाइ छ ।

गत आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक हेर्ने हो भने वार्षिक ३० खर्ब ८५ अर्ब (कुल ग्रार्हस्थ उत्पादनको ८१.९० प्रतिशत) उपभोगमै खर्च हुन्छ । नेपालको अर्थतन्त्र ३७ खर्ब  ८७ अर्ब पुगेको छ ।

दसैँमा नयाँ नोटको माग हुने भएपछि त्यसको व्यवस्थापनमा राष्ट्र बैंकलाई भ्याइ नभ्याइ हुन्थ्यो तर अहिले नयाँ नोट साट्ने वा नसाट्ने भन्नेमै राष्ट्र बैंक अन्यौलमा छ ।

बचत ज्यादै न्युन छ । यद्यपि अहिले बचत १९ प्रतिशतको हाराहारीमा पुगेको भनिएको छ । अर्थविद् केशव आचार्य यस पटक सवा १ खर्ब पनि खर्च हुन मुस्किल रहेको बताउँछन् । अघिल्ला वर्षमा साढे ४ खर्ब  रुपैयाँ दसैँ उपभोगमै खर्च हुने गरेको भए पनि यस पटकको दसैँ आर्थिक, सामाजिक, सांस्कृतिक रुपले खल्लो हुने आचार्यको अनुमान छ ।

बैंकिङ प्रणालीबाट बाहिर आएन मुद्रा

लत्ताकपडा, गरगहना, गाडी, मोटरसाइकल, टीभी, फ्रिज र वासिङ मेसिनजस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला चम्किने गर्छ । नाडा अटो शोमै अर्बौँको सवारी साधन बुकिङ हुन्थ्यो । जसले यी सामाग्रीहरु ल्याउन असारदेखि नै एलसी खोलेर व्यवसायीहरुले तयारी गर्थे ।

यतिबेलासम्म बजारमा नयाँ नयाँ सवारी साधन आइसकेको हुन्थ्यो । बैंकिङ प्रणालीबाट पनि ठूलो रकम उपभोगको लागि बाहिरन्थ्यो । जसले बैंकमा पैसाको अभाव हुन थल्थ्यो । तर दसैँ आउन २० दिन पनि बाँकी छैन । बैंकिङ सिस्टममा दुई खर्ब बढी तरलता छ । दसैँताका न्यूरोडका पसल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपको बजार, डिपार्टमेन्टल स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्थ्यो तर अहिले खुलेका एकाध पसल पनि ग्राहक कुरेर बसेको देखिन्छ । कसैले बचत गरेको रकम खरिद नै गर्नु नपरेपछि बैंकबाट रकम झिक्ने कुरै भएन ।

छिमेकी मुलुकमा मजदुरी गर्न जाने सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश मजदुर कोरोना कहरमा फर्किए तर महिनौँसम्म पनि अवस्था उस्तै रहेपछि बालबच्चा पाल्नकै लागि फेरि भारत गएका छन् । त्यस्ता वर्गले आफ्नो संरक्षक र लालनपालन गर्ने अभिभावक बिनानै दसैँ मनाउनु पर्ने अवस्था भएको उनी बताउँछन् ।

अर्कोतर्फ दसैँमा नयाँ नोटको माग हुने भएपछि त्यसको व्यवस्थापनमा राष्ट्र बैंकलाई भ्याइ नभ्याइ हुन्थ्यो तर अहिले नयाँ नोट साट्ने वा नसाट्ने भन्नेमै राष्ट्र बैंक अन्यौलमा छ ।

‘आँशु दुःख र विरहको दसैँ’

दसैँ भनेको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक पर्व हो । अहिले सबै हिसाबले मानिसको मनोदसा विक्षिप्त भएको अर्थविद् आचार्यको भनाइ छ । ठेलागाडा व्यवसाय, दैनिक मजदुरी गरेर छाक टार्ने वर्गका लागि आँशु, दुःख र विरहको दसैँ हुने उनी बताउँछन् ।

सरकारले एकपटक राहत दिए पनि त्यसपछि सरकारले उनीहरुको वास्ता नगरेको र अपनत्व नलिएको आचार्यको भनाइ छ ।

छिमेकी मुलुकमा मजदुरी गर्न जाने सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश मजदुर कोरोना कहरमा फर्किए तर महिनौँसम्म पनि अवस्था उस्तै रहेपछि बालबच्चा पाल्नकै लागि फेरि भारत गएका छन् । त्यस्ता वर्गले आफ्नो संरक्षक र लालनपालन गर्ने अभिभावक बिनानै दसैँ मनाउनु पर्ने अवस्था भएको उनी बताउँछन् ।

माग नै नभएपछि व्यवसायीले मालसामान ल्याउन खासै चासो देखाएनन् । जसले गर्दा राज्यको राजस्व गुमेको छ । चालु आर्थिक वर्षको दुई महिनामा आयात २२.०७ प्रतिशतले घटेको छ । जसले गर्दा व्यापार घाटा साँघुरिएको छ ।

अर्कोतर्फ घटस्थापना शुरु भएसँगै गाउँ झर्नेको लर्को लाग्थ्यो । यातायात व्यवसायीले पनि झण्डै एक महिना अघि टिकट बुकिङ खोल्थे । चैत ११ यता कयौंले रोजगारी गुमाएर गाउँ फर्किनु परेको र कतिपयले कोरोनाको कहरमा फेरि लकडाउन हुने पो हो कि भनेर यात्रामा अनिश्चितता बनाएका कारण पनि अहिलेसम्म यातायात क्षेत्रमा चहलपहल देखिएको छैन । यात्रु आउने नआउनेमै शंका भएपछि व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुलाउने पक्षमा देखिदैनन् ।

कोरानाबाट कयौं संक्रमित छन् भने कतिले कोरानाकै कारण ज्यान गुमाएका छन् । बाँच्नेहरुमा पनि कतिपयले एक छाक टन्न खान पाउने अवस्थासमेत गुमाएका छन् । मानिसलाई खानै समस्या भएको बेला लत्ताकपडा किनमेलमा ध्यान नदिने व्यवसायी अग्रवाल बताउँछन् ।

राज्यको राजस्व गुम्यो

माग नै नभएपछि व्यवसायीले मालसामान ल्याउन खासै चासो देखाएनन् । जसले गर्दा राज्यको राजस्व गुमेको छ । चालु आर्थिक वर्षको दुई महिनामा आयात २२.०७ प्रतिशतले घटेको छ । जसले गर्दा व्यापार घाटा साँघुरिएको छ । आयात कम भएपछि सरकारको भन्सार राजस्व स्वाभाविक रुपमा प्रभावित भएको छ । यद्यपि उठ्नुपर्ने आन्तरिक कर भने उठिरहेकै छ, जसले सरकार दैनिक खर्च सञ्चालन गरिरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.