२ सयभन्दा बढी रन बनाउँदा पनि आईपीएलमा पहिलो पटक खेल बराबरी, सुपरओभरमा बैंग्लुरु विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । आईपीएलको इतिहासमा पहिलो पटक २ सयभन्दा बढी रन बनाएर पनि खेल बराबरी भयो । यसअघि सन् २०१५ मा राजस्थान रोयल्स र पञ्जाबबीचको खेल १ सय ९१ रन बनाउँदा बराबरी भएको थियो ।
खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बैंग्लुरुका लागि एबी डिविलियर्सले ५५, देवदत्त पडिक्कलले ५४ तथा एरोन फिन्चले ५२ रनको योगदान दिए ।
जवाफमा मुम्बईले पनि निधारित २० ओभरमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुग्यो । लक्ष्य पछ्याउने क्रममा मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन बनायो । यो पनि आईपीएलमा नयाँ कीर्तिमान हो । अघिल्लो खेलमा मात्र राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबविरुद्ध अन्तिम ५ ओभरमा ८६ रन बनाएको थियो ।
खेलको एम समय मुम्बई हारको नजिक पुगेको थियो । १५ ओभर सकिदासम्म ४ विकेटको क्षतिमा मुम्बईले १ सय १२ रन मात्र बनाउन सकेको थियो । तर, केरन पोलार्ड र ईशान किशनले त्यसपछि विष्फोटक ब्याटिङ गर्दै मुम्बईलाई जीत नजिक पुर्याए । पोलार्डले २४ बलमा ६० र ईशानले ५८ बलमा ९९ रन बनाए । तर, अन्त्यमा बराबरी भएपछि खेल सपुर ओभरमा पुग्यो ।
सिजनको दोस्रो सुपर ओभरमा मुम्बईले बैंग्लुरुलाई मात्र ८ रनको लक्ष्य दियो । जसलाई विराट कोहली र एबी डिविलियर्सले सजिलै पछ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना