रूसमा कोरोनाका कारण थप ८ हजार सङ्क्रमित, पहिरोमा परेर १४ को मृत्यु
एजेन्सी । रूसमा कोरोनाभाइरसका कारण थप आठ हजार १३५ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थपिएका ती सङ्क्रमितसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ ।
राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् । यसैबीच रूसमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढीका कारण देशको ताराकान सहरमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये तीन जना एउटै परिवारको भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ