‘इराकबाट लुटिएको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गरिने’
एजेन्सी । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति) लाई फिर्ता गर्न तयार भएको हो । गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले बिक्रीको लागि कलाको प्रस्ताव गरेपछि केही प्रमाणसहित उक्त कला इराकबाट लुटिएको दावी गरिएको थियो । यसै आधारमा विशेषज्ञ लन्डन प्रहरी इकाईले संग्रहालयका विज्ञलाई बोलाई अनुसन्धान सुरु गरेका थिए ।
अनलाइनमा यसलाई ‘वेस्टर्न एशियाटिक अक्काडियन ट्याब्लेट’ भनेर वर्णन गरेको भएपनि विज्ञहरूले चुन ढुङ्गाको उक्त कला पुरानो सुमेरियाली मन्दिरको भएको र ईसापूर्व २४०० तिर बनाइएको बताएका छन् । सङ्ग्रहालयका अनुसार उक्त शिल्पकला १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको उत्तरार्धमा मन्दिरबाट लुटिएको थियो र पछि यो खाडी युद्धको पुन चोरी भएको र सन् २००३ को इराक युद्धको क्रममा पनि लुटिएको थियो ।
सङ्ग्रहालयले भनेको छ, “अनुसन्धानले यो महत्वपूर्ण शिल्पकलालाई इराकबाट गैरकानुनी रूपमा बेलायत ल्याइपु¥याएको बेलायती अधिकारीले पत्ता लगाएका छन् । छिट्टै फिर्ता हुन्छ ।” यस्ता मुर्तिहरू निकै विरलै पाइने प्राचिन कला हुन् र विश्वमा यस प्रकारका करिब ५० मूर्तिहरू अस्थित्वमा रहेको पत्ता लागेको बेलायती अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश