शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा महिलाको शव फेला

सोमबार, १२ असोज २०७७, २२ : २८
सोमबार, १२ असोज २०७७

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप