बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा.कार्यालयमा तालाबन्दी

सोमबार, १२ असोज २०७७, २० : २४
सोमबार, १२ असोज २०७७

छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । 
     
करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पु¥याएका छौँ  । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।”

गाउँपालिका अध्यक्ष सन्तोष केसीले  गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप