केन्द्रीय संस्करण

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो । 

शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।   गुगलका एक प्रवक्ताले भनेका छन्, ‘विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।

उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पारेका छन् ।  उनका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ । 

त्यसैगरी एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ । यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   

कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ । अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिट जस्तै जुम पनि लोकप्रिय रहेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.