कैलालीमा एक कोरोना संक्रमितको मृत्यु
सोमबार, १२ असोज २०७७, १८ : ४३
कैलाली । सेती प्रादेशिक अस्पताल, कैलालीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ बस्ने ६३ बर्षिया महिलाको कोरोना संक्रमण बाट मृत्यु भएको अस्पतालले जनाएको छ।
असोज ७ गते दमसम्बन्धी रोगको उपचार गर्न भर्ना भएकी उनलाई असोज १० गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनीमा दम र फोक्सोको समस्या रहेको उनले बताए ।
यसअघि सो अस्पतालमा भर्ना भई उपचार गराएका ३ जना संक्रमितको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ