क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने तयारी
काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने विरुद्ध सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अगाडि नै प्रतिबन्धित गरेको भर्चुअल मुद्राको अबैध कारोबार फस्टाएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यस्ता कारोबारीलाई कारबाही गर्ने बारे छलफल अघि बढाएको हो ।
सोमबार वाणिज्य विभागमा दुई निकाय बीच अनुसन्धान र कारबाही प्रक्रिया बारे छलफल भएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए ।
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पाइलगायत अन्य डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग बढ्दै गएको र ठगीको जोखिम बढेर गएकोमा विभागले आवश्यक अनुसन्धानमा सहयोग गर्न सिआईबीको सहयोग माग गरेको सुवेदीले रातोपाटीसँग बताए ।
‘यो प्रारंभिक छलफल हो । आवश्यकताअनुसार थप छलफल गर्दै जान्छौँ । त्यसका लागि नियमित रुपमा सहकार्य गर्दै जाने गरी सिआइबीसँग छलफल भएको छ । आगामी बैठकमा कसरी ठोस रुपमा अघि बढ्ने निर्णय हुन्छ’ सुवेदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा