बुटवलमा वातावरण संरक्षणमा शाइन रेसुङ्गा बैंकको सहकार्य
बुटवल । वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धनमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुटवल उपमहानगरपालिकासंग सहकार्य गरेको छ ।
बुटवलको कालिकानगरमा पर्ने सिक्सलेन सडकको बीचको मेडियन (मुख्य डिभाइडर) र लुम्बिनी बस टर्मिनल (नयां बसपार्क) अगाडिको ट्राफिक आइल्याण्ड क्षेत्रलाई हरियालीयुक्त र आकर्षक बनाउने कार्यका लागि बैंकले उपमहानगरसंग सम्झौता गरेको छ ।
उपमहानगरपालिकाको डिजाइन अनुसार अनेकतामा एकरुपता ल्याउने गरी सिक्सलेनको तीनसय मिटर क्षेत्रको मेडियनमा फूल बिरुवा रोप्ने र सिंचाईका लागि पानी टंकि राखेर थोपा सिंचाई गरी हरियाली बनाउने सम्झौता भएको छ ।
यस्तै बसपार्कको ट्राफिक आइलेण्डलाई रेलिङले सुरक्षित गरी व्यवस्थित र आकर्षक बनाउने सम्झौता पनि भएको छ । हरियाली प्रवद्र्धन र ट्राफिक आइलेण्ड व्यवस्थित गर्न लाग्ने सम्झौता अवधिको खर्च बैंकले ब्यहोर्ने गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले शाइन रेसुङ्गा बैंकको सहकार्यले बुटवलको वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि उपमहानगरसंग सहकार्य गरेको बताए । यसअघि बैंकले तिलोत्तमा नगरपालिकामा पनि हरियाली प्रवद्र्धन सिक्सलेन सडक किनारका पोलमा राख्न नगरपालिकालाई डस्टबिन दिएको थियो । यस्तै सैनामैना नगरपालिकालाई पनि डेढ सय थान डस्टबिन दिएको बैकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न