शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा गोठ भत्किँदा  एकको मृत्यु

सोमबार, १२ असोज २०७७, १८ : ०९
सोमबार, १२ असोज २०७७

बुटवल ।  पाल्पामा गोठ भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर–७ डबका बस्ने पुतली बिकको टिनले छाएको १ तले पुरानो गोठ मर्मतको क्रममा भत्किएर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार मर्मत गर्न गएका  सोही स्थानका ५५ बर्षकाक हरि लम्तरीको च्यापिएर आज दिउँसो  मृत्यु भएको हा । घटनामा सोही स्थानका ४८ वर्षका अमर पेग्मी घाईते भएकामा उनलाई उपचारको लागि युनटाईटेड मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप