शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पमाथि कर छलीको आरोप : सन् २०१६ मा मात्र ७५० डलर कर तिरे

पछिल्लो १५ वर्षमा १० वर्ष उनले कर नै तिरेनन्
सोमबार, १२ असोज २०७७, १७ : ११
सोमबार, १२ असोज २०७७

द न्यूयोर्क टाइम्स’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर छली गरेको आरोप लगाएको छ । पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार सन् २०१६ मा ह्वाइट हाउस प्रवेश गर्दा उनले आर्थिक वर्ष २०१६–१७ का लागि मात्र ७५० डलर (करिब ८८ हजार नेपाली रुपैयाँ) मात्र कर तिरेका थिए । सोही अवधिमा उनको कम्पनीले भारतमा १ लाख ४५ हजार ४०० डलर कर तिरेको थियो ।

रिपोर्टका अनुसार पछिल्लो १५ वर्षमा १० वर्ष उनले कर नै तिरेनन् । आफूले आम्दानी गरेकोभन्दा बढी घाटा भएको देखाउँदै ट्रम्पले कर नतिरेको बताइएको छ ।

यता, राष्ट्रपति ट्रम्पले भने न्यूयोर्क टाइम्सको रिपोर्टलाई फर्जी भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिका लागि आफ्नो निजी वित्तीय व्यहोरा जारी गर्न आवश्यक छैन तर रिचर्ड निक्सनदेखि बराक ओबामासम्मले आफ्नो निजी वित्तीय व्यहोरा सार्वजनिक गरेका छन् ।

ट्रम्पले भने आफ्नो इन्कम ट्याक्स (आयकर) रिटर्न सार्वजनिक गर्न अस्वीकार गर्दै यस परम्परालाई तोडेका थिए । सन् २०१६ को चुनावमा पनि ट्रम्पको ट्याक्स रिटर्नको मुद्दा उठेको थियो, उनको पूरा कार्यकालको दौरान पनि यो विषय एउटा मुद्दा बनिरह्यो ।

राष्ट्रपति चुनावका लागि हुन लागेको परम्परागत ‘प्रसिडेन्सियल डिबेट’ भन्दा ठीक अघि यो रिपोर्ट प्रकाशित भएको छ । पहिलो बहस २९ सेप्टेम्बरका लागि तय छ । दोस्रो बहस १५ अक्टोबर र तेस्रा २२ अक्टोबरका लागि तय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप