मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ५५ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

सोमबार, १२ असोज २०७७, १६ : ५४
सोमबार, १२ असोज २०७७

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप