शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक्ष्मी पूजा’को यस्तो छ ‘जिन्दगी’ गीत

सोमबार, १२ असोज २०७७, १६ : ४०
सोमबार, १२ असोज २०७७

काठमाडौं । यही दशैँमा रिलिज हुने बताइएको फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’बोलको गीत सार्वजनिक भएको छ । निर्माण युनिटले प्रचारप्रसारलाई ब्यापक दिन फिल्मको गीत रिलिज गरेको हो । गीतमा माण्डबी त्रिपाठीको स्वर तथा बिपिन आचार्यको संगीत रहेको छ ।

जाहान्वी बस्नेतको अभिनय रहेको गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । सलोन सलिना फिल्मस्को व्यानरमा बनेको समिर मियाँले निर्देशित फिल्मको निर्माता शोभित बस्नेत हुन् । 
फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहलगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेता सलोन बस्नेत र अभिनेत्री रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

फिल्ममा पारिवारिक प्रेमकथा र दशैं तिहारको परिवेश समेटिएको निर्माता शोभितले बताए । सरकारले दशैमा फिल्म क्षेत्र खेल्ने नखोल्ने अझै निस्चित गरेको छैन । निर्माता शोभित भने फिल्म दशैमा रिलिज गर्न प्रचार प्रसारमा जुटी सकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप