उपत्यकामा ८१७ जना संक्रमित थपिए, देशभर कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए ।
यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् ।
उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक