शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डुबेर १३ वर्षीया बालिकाको मृत्यु

सोमबार, १२ असोज २०७७, १६ : १५
सोमबार, १२ असोज २०७७

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो ।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप