शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले ७५० डलर मात्रै कर तिरेको दाबी, के भन्छन् त राष्ट्रपति ?

सोमबार, १२ असोज २०७७, १५ : १९
सोमबार, १२ असोज २०७७

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपति चुनाव लडेको वर्ष र त्यसको अर्को वर्ष ह्वाइट हाउस गएपछि ७५० डलर मात्रै कर तिरेको दाबी गरिएको छ ।

 न्यूयोर्क टाइम्सले ट्रम्प र उनका कम्पनीका दुई दशकभन्दा बढि समयको आयकर रिटर्न आँकडा हासिल गरेको दाबी गरेको छ ।

ट्रम्पले पछिल्लो १५ मध्ये १० वर्षमा कुनै आयकर नबुझाएको पत्रिकाले दाबी गरेको छ ।

रिपोर्टमा बताइए अनुसार उनको कम्पनी लगातार घाटामा गएको देखाइएको छ जसका कारण उनले वर्षौंसम्म कर चुक्ता गर्नबाट बचे ।

ट्रम्पले यो रिपोर्टलाई ‘गलत समाचार’ बताएका छन् ।

उनले आइतबार रिपोर्ट प्रकाशित भएपछि पत्रकारसँग भने, ‘मैले कर भुक्तानी गरेको छु र मेरो ट्याक्ट रिटर्न अडिट भइरहेको छ, निकै लामो समयदेखि अडिट भइरहेको छ ।’

ट्रम्पले भने, ‘आइआरएस (इन्टरनेल रेभेन्यू सर्भिस) को व्यवहार मसँग राम्रो छैन, उनीहरु ममाथि निकै नराम्रो व्यवहार गर्छन् ।’

ट्रम्पले आफ्नो व्यवसाय सम्बन्धि दस्तावेज साझा गर्न अस्विकार गर्दै आएका छन् जसका कारण उनले कानूनी चुनौतीको पनि सामना गर्नुपरेको छ ।

सन् १९७० पछि उनी अमेरिकाका पहिलो राष्ट्रपति हुन् जसले आफ्नो ट्याक्स रिटर्न सार्वजनिक गरेका छैनन् । यद्यपि, कानूनी रुपमा दस्तावेज जारी गर्न आवश्यक छैन ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार आफूहरुले यो रिपोर्ट कानूनी पहुँच राख्ने स्रोतबाट पाएका हुन् ।

यो रिपोर्ट राष्ट्रपति ट्रम्पको आफ्नो प्रतिद्वन्द्वी जो बाइडनसँग राष्ट्रपति चुनावभन्दा अघि हुने पहिलो बहसको केही दिन अघि र नोभेम्बर ३ मा हुने चुनावभन्दा केही हप्ता अघि सार्वजनिक भएको हो ।

रिपोर्टमा के–के दाबी गरिएको छ ?

न्यूयोर्क टाइम्सका अनुसार उनीहरुले राष्ट्रपति ट्रम्प र उनका कम्पनीको को १९९० को दशकसम्म ट्याक्स रिटर्नसहित सन् २०१६ र २०१७ मा उनको नीजि रिटर्नसँग जोडिएको जानकारीको समीक्षा गरेका छन् ।

रिपोर्टका अनुसार उनीहरुले सन् २०१६ र २०१७ मा ७५० डलर आयकर मात्रै बुझाएका छन् जबकी पछिल्लो १५ देखि १० वर्षमा कुनै कर तिरेका छैनन् र यस्तो मुख्यतः यसकारण भयो किनभने उनीहरुले जति कमाई भयो त्योभन्दा बढि घाटा भएको देखाए ।

राष्ट्रपति बन्नु अघिसम्म ट्रम्पको पहिचान एक सफल व्यवसायीको रुपमा थियो र उनलाई सम्पत्तिको कारोबारको बादशाह मानिन्थ्यो ।

 न्यूयोर्क टाइम्सले आयकर रिटर्नको डाटालाई उद्धृत गर्दै भनेको छ, ‘आफ्नो उद्योगमा घाटा भएका कारण उनले करोडौंको क्षती भएको छ जसका कारण उनले पछिल्ला केही वर्षमा असाध्यै कम कर तिरेका छन् ।’

पत्रिकाका अनुसार ट्रम्पले आइआरएसमा जे बताए ‘त्यसले उनी एक व्यवसायी भएको बताउँछ जसले हरेक वर्ष लाखौं डलर लिन्छन् तर उनलाई लगतार घाटा हुन्छ र यसै कुरामा उनी कर बचाउँछन् ।’

राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आफ्नो आयबारे दिइएको जानकारीमा भनेका थिए, ‘सन् २०१८ मा कम्तीमा ४३.४९ करोड डलरको कमाई भएको थियो ।’ पत्रिकाले यसमाथि प्रश्न सोध्दै भन्छ, ‘उनको आयकर रिटर्न अनुसार यो वर्ष उनलाई ४.४७ करोड डलरको घाटा भयो ।’

ट्रम्पले झैं उनको कम्पनी ट्रम्प अर्गजाइजेशनले पनि रिपोर्टमा लागेको आरोपबाट अस्विकार गरेका छन् । कम्पनीका मुख्य कानूनी सल्लाहकार एलन गार्टनले न्यूयोर्क टाइम्ससँग भने, ‘सबै होइन तर धेरैजसो तथ्य गलत प्रतित हुन्छ ।’

उनले भने, ‘पछिल्लो एक दशकमा राष्ट्रपति ट्रम्पले संघीय सरकारलाई नीजि करको रुपमा लाखौं डरको भुक्तानी गरेको जसमा सन् २०१५ मा राष्ट्रपति पदका लागि उम्मेद्वारको घोषणापछि दिइएको उनको लाखौं डलर नीजि करमा समावेश छ ।’

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप