केन्द्रीय संस्करण

९३ औं अस्कर अवार्डका लागि आवेदन खुल्ला

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीलाई सहभागिताका लागि आवेदन खुल्ला गरेको हो । 

असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउनुपर्ने प्रावधान राखिएको छ ।  यसअघि फ्रेब्ब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । नयाँ मितिअनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा आयोजना हुनेछ । 

महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान ल्याएको हो ।

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनुपर्नेछ ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामिप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.