मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुल्यो सिभिल मल

सोमबार, १२ असोज २०७७, १४ : ४२
सोमबार, १२ असोज २०७७

काठमाडौं । ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिभिल मल ग्राहकहरुको लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो।  मल व्यवस्थापन समितिले सुरक्षित तरिकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले जानकारी दिए । ठकुरीकाअनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा प्रवेश गर्नुपर्नेछ। उनीहरुले मलमा प्रवेश गर्नुअघि सेनिटाइजर लगाएर तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न पाइनेछ। 

मल खुल्नुअघि र मल बन्द भएपछि हरेक दिन डिसइन्फेक्ट गरिरहेको व्यवस्थापन समितिले जनाएको छ । मलले सामाजिक दूरी कायम गर्न–गराउन विभिन्न ठाउँमा ‘मार्क’  गरिएको छ। त्यस्तै मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ । खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजिनिक टेक अवे प्रणालीको व्यवस्था गरेको ठकुरीले बताए । प्रत्येक स्टोर प्रबन्धकले अनिवार्य रूपमा आफ्नो कर्मचारीलाई पुनः प्रयोग गर्न मिल्ने तथा सर्जिकल मास्कको व्यवस्था गर्नुपर्नेछ।

स्टोर प्रबन्धकले आफ्नो कर्मचारीलाई गुणस्तरीय सेनिटाइजर, सर्जिकल पञ्जा उपलब्ध गराउनु पर्नेछ। भौतिक दुरी कायम गर्नुपर्ने  हरेक दिन कर्मचारी र ग्राहकको नाम र फोन नम्बर दर्ता (टिपेर) राख्नुपर्ने व्यवस्था गर्नु पर्नेछ। सफाई र सफाई वस्तुको रूपमा सफाई उपकरणहरू प्रत्येक स्टोरको लागि अनिवार्य गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप