मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘बिनाशक: द पावर’ घोषणा

सोमबार, १२ असोज २०७७, १४ : ०७
सोमबार, १२ असोज २०७७

काठमाडौं । फिल्म ‘बिनाशकः द पावर’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । एस डिजिटल सिनेमाको ब्यानरमा निर्माण हुने फिल्ममा सागर चौलागाई निर्माता रहेका छन् । गुरु सागर चौलागाईं, रोशिका राय, रवि खड्का र रविनश्रीको मुख्य भूमिका रहनेछ । 

पुरुषोत्तम न्यौपानेको संगीत, नित्याशिवा, दिपक लिम्बु, प्रताप दासको स्वरमा फिल्मका लागि अहिले गीत रेकर्डिङ कार्य समेत भइरहेको छ ।  देव महर्जनको द्वन्द, कृष्ण पाण्डेको छायाँकन तथा विश्वास भण्डारीको सम्पादन र सन्दिप भुजेलको नृत्य निर्देशन रहने फिल्म मंसिर १५ बाट छायाँकनमा लागि फ्लोरमा जाने निर्देशक घायलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप