मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

सोमबार, १२ असोज २०७७, १३ : ५७
सोमबार, १२ असोज २०७७

जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ ।  सोमबार सम्पन्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तह सम्मको भर्ना लिन स्वीकृति पाए पछि प्राविधिक कर्मचारी भर्ना गर्ने बाटो खुल्ला गरेको हो ।

प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको छ । त्यस्तै, बैठकले लोकसेवा आयोगको ओ.एण्ड. एम. पारित गर्नुका साथै लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको जनाइएको छ । 

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप