केन्द्रीय संस्करण

तनहुँमा फरार मुद्दाका एक अभियुक्त पक्राउ

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई खोजीखोजी पक्राउ गरेको हो ।

प्रहरीले असार दोस्रो सातादेखि फरार व्यक्तिको खोजीलाई तीव्र गति दिँदै आएपछि करीब तीन महिनाको अवधिमा फरार व्यक्ति पक्राउ परेका हुन् । प्रहरीका असारमा नौ, साउनमा ४५, भदौमा ५४, असोज महिनाको १० दिनको अवधिमा २६ गरी १३४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जरिवाना भुक्तान हुन बाँकी रहेका व्यक्तिबाट हालसम्म रु २३ लाख १५ हजार ८५३ रकम सङ्कलन भएको छ । 

प्रहरीले ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, सार्वजनिक अपराधलगायतका मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ परेका छन् । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा तनहुँ जिल्ला अदालतको २०७३ चैत १७ गतेको फैसलाले एक वर्ष कैद र रु १० हजार जरिवाना हुने गरी सजाय सुनाएको थियो । अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावनाको विकास हुने हुँदा त्यसलाई अन्त्य गर्न अभियानकै रुपमा टोली परिचालन गरिएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.