बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

असोज १५ बाट फ्लोरमा ‘ए मेरो हजुर ४’

सोमबार, १२ असोज २०७७, १३ : ३९
सोमबार, १२ असोज २०७७

काठमाडौं । गत चैत्रमा लकडाउनको कारण सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने भएको छ ।  फिल्म अगामी शुक्रबार अर्थात असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।

करिब ५० प्रतिशत छायाँकन सकिएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मका लागि हालै गायक दुर्गेश थापा पनि कलाकारको रुपमा अनुबन्धित भएका छन् । 
झरना थापाले निर्देशक रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर’को दोस्रो र तस्रो श्रृखला निर्देशन गरेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप