शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले फोहोरको २१ वटा कन्टेनर बेलायतलाई फिर्ता पठायो, तर किन ?

सोमबार, १२ असोज २०७७, १३ : २६
सोमबार, १२ असोज २०७७

श्रीलङ्काले फोहोरले भरिएका २१ कन्टेनर बेलायतालाई फिर्ता पठाउन लागेको जानकारी दिएको छ । ती कन्टेनरमा खतरनाक वस्तु भएकोले आफूले फिर्ता पठाउन लागेको श्रीलङ्काले जानकारी दिएको छ ।

कस्टम अधिकारीका अनुसार उनीहरुले एक नीजि कम्पनीले पठाएका २ सय ६३ कन्टेनरमध्ये थुप्रैमा अस्पतालको फोहोर भेटिएका छन् ।

वास्तवमा जुन फोहोर जहाजमा चढाइएको थियो त्यसमा रिसाइक्लिङ हुनसक्ने पुराना कार्पेट, दरी, गद्दालगायतका वस्तु हुनु पर्दथ्यो ।

तर अधिकारीका अनुसार कन्टेनरमा प्लास्टिक र पोलिथिनको फोहोर पनि भेटिएको छ ।

श्रीलङ्काले यी कन्टेनरलाई सन् २०१८ मा जफत गरेको थियो, त्यसपछि यो मुद्दा अदालतमा गयो ।

त्यसपछि अधिकारीका अनुसार शनिबार यीमध्ये २१ कन्टेनर श्रीलङ्काबाट बेलायत फिर्ता पठाइएको छ ।

श्रीलङ्काको कस्टम विभागका प्रवक्ता सुनिल जयरत्नेले जुन कन्टेनर पठाइएका थिए त्यसमा खतरनाक फोहोर र त्यसको निष्कासनको विषयमा युरोपेली युनियन र अन्तरराष्ट्रिय कानूनको उल्लंघन भएको बताए ।

बेलायतको पर्यावरण विभागले आफूहरु फोहोरको गैरकानूनी निर्यातको विषयलाई हल गर्नका लागि प्रतिबद्ध भएको जनाएको छ ।

विभागका प्रवक्ताले भने, ‘हामी श्रीलङ्काको अधिकारीको सम्पर्कमा छौं र हामीले उहाँहरुबाट थप जानकारी मागेका छौं ता कि आधिकारिक अनुसन्धान सुरु हुन सकोस् ।’

यो क्षेत्रका अन्य थुप्रै देशले पनि विदेशबाट आयात भएको फोहोर फिर्ता गर्न सुरु गरेको छ ।

जनवरीमा मलेसियाले यस्तै प्लास्टिकका अवैध फोहोरको ४२ कन्टेनर फिर्ता पठाएको थियो ।

स्रोतः बीबीसी   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप