केन्द्रीय संस्करण

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए । 

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ । 

त्यस हिंसामा परेर ७ जना पुरुष र ४ जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ । ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ । 

यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । यस दुर्घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  –सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.