शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगन्जमा पूर्वराज्यमन्त्री सवार गाडीको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ

सोमबार, १२ असोज २०७७, १२ : ४९
सोमबार, १२ असोज २०७७

काठमाडौं । पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सवार गाडीले ठक्कर दिँदा महाराजगञ्जमा एक जनाको मृत्यु भएको छ । असोज ७ मा त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी अनुपा पाण्डे कार्कीलाई कांग्रेस नेता खड्का सवार बा.११च ४१४१ नम्बरको प्राडोले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी अनुपाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटना गराउने गाडी चालक जयराम जोशीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले रातोपाटीलाई बताए । ‘गाडी चालकलाई पक्रेर मुद्दा चलाएका छौं,’ एसपी राठौरले भने, ‘दुर्घटनाको सिनमा एउटा मोटरसाइकल पनि देखिन्छ, मोटरसाइकल खोज्दै छौं ।’

नारायणगोपाल चोकबाट केन्द्रीय अनुसन्धान ब्यूरोतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएपछि उनी उछिट्टिएर गाडीमा ठोक्किएको सिसिटिभी फुजेटमा देखिएको छ । सिसिटीभिमा मोटरसाइकलको नम्बर खुलेको छैन ।

मोटरसाइकलले ठक्कर दिएपछि आफूले हाँकेको गाडीमा आएर ठोक्किँदा अनुपाको ज्यान गएको खड्काका चालक जयराम जोशीले स्वीकारेका छन् । पीडितका आफन्तले महागरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप