नागरिक स्टक डिलरको प्रमुखमा २ जनाको सर्टलिष्ट
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि २ जनाको नाम सर्टलिष्ट भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा पुँजीबजारमा स्टक डिलरको काम गर्ने अनुमति पाएको सो कम्पनीको कार्यकारी प्रमुखका लागि महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम छनौट भएको प्रमुख कार्यकारी अधिकृत छनौट उपसमितिले जनाएको छ ।
यसअघि कोष सञ्चालक समितिले शंकरकुमार रायामाझीको संयोजकत्वमा डा. खगेन्द्र सुवेदी र झइन्द्रप्रसाल गुरागाइँ सम्मिलित समिति गठन गरेको थियो ।
छनौटमा परेका दुई जनामध्ये श्रेष्ठ राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । उनले २०७६ जेठमा राष्ट्र बैंकको ३० वर्षे सेवाबाट अवकाश पाएका थिए । अवकाश पाउनुअघि उनी नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा लामो समय काम गरेका थिए ।
नेपाल भने पुँजी बजारसम्वद्ध संस्थामा आवद्ध भएका व्यक्ति हुन् । आफ्नो आवेदनमा उनले तत्कालिन ग्रोमोर मर्चेन्टमा कार्य गरेको अनुभव रहेको उल्लेख गरेका छन् । दुवै जनालाई असोजन १७ गते बिहान आफ्नो प्रस्तुतीकरण र अन्तवार्ताका लागि बोलाइएको छ ।
५ अर्ब चुक्तापुँजीसहित कारोबार सञ्चालन गर्न लागेको उक्त कम्पनीले कारोबार सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर