केन्द्रीय संस्करण

डा. केसीको जीवनरक्षा गर्न आवासीय चिकित्सकहरुको माग

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0
फाइल तस्विर

 काठमाडौं । सरकार अनसनरत डा गोविन्द केसीका मागप्रति उदासिन भएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले डा केसीको अनशनप्रति समर्थन जनाएका छन् । 

अनसन बसेको १५ औं दिन भइसक्दा पनि वार्ताको कुनै पहल नगरेको भन्दै आवसीय चिकित्सकहरूले एक विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै उनीहरुले सरकारले तत्काल वार्ता नगरे कडा कदम चल्ने चेतावनी दिएका छन् ।

 त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सहरूले केही दिन अघिदेखि डा. केसीका मागको समर्थनमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् । नेसनल डाक्टर्स एसोशियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. शुवास देवकोटा, रेसिडेन्ट एसोसिशयसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराई र विपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. राजेन्द्र घिमिरेद्धारा  हस्ताक्षर गरिएको विज्ञप्तिमा डा.केसीको माग पुरा गरी जीवन रक्षा गर्न सरकारलाई आग्रह गरिएको छ ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.