बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ

सोमबार, १२ असोज २०७७, १२ : ०५
सोमबार, १२ असोज २०७७

काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको ललुङजोङ क्षेत्र मिचेर भवन बनाएको आरोप लगाउँदै नेविसंघले सोमबार प्रदर्शन गरेको हो । 

प्रदर्शनमा संलग्न नेपाली विद्यार्थिसंघका कार्यकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखिएको प्रदर्शनमा सहभागी नेविसंघका मनिष सिम्खडाले रातोपाटीलाई बताए । 

‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो । 

नेविसंघले सिमाना मिचेको दावी गरेपनि सरकारले चिनको तर्फबाट सिमाना नमिचेको स्पष्ट गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप