शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विषाक्त मिथानोल मिश्रित थप ९ वटा स्यानिटाइजर प्रतिबन्ध

सोमबार, १२ असोज २०७७, ११ : ३२
सोमबार, १२ असोज २०७७

औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ । स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि प्रतिबन्ध लगाएको हो । इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरित मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर पनि प्रतिबन्ध लगाएको हो । औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर हालसम्म १८ पुगेको छ ।  

हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप