बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार, १२ असोज २०७७, ११ : ०५
सोमबार, १२ असोज २०७७

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।  
यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
केही साताअघिसम्म सुनको मूल्य लगातार बढेको भएपनि पछिल्ले समय सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप