बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारीलाई हप्तामा दुई दिन बिदा, २० वर्ष अघि फेल भएको व्यवस्था सफल होला ?

सोमबार, १२ असोज २०७७, १० : ००
सोमबार, १२ असोज २०७७

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययनका लागि सरकारले कार्यदल गठन गरेको छ । एकपटक कार्यान्वयनमा गएर पनि फेल भएको हप्तामा दुई दिन बिदासम्बन्धी अभ्यास फेरि प्रयोगमा ल्याउन सरकारले पहल गरेको हो ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटन मन्त्रालयले कर्मचारीलाई हप्ताको दुई दिन बिदाको अवधारणा अघि सारेको हो ।

अहिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विकल्पबारे छलफल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा दुई दिन बिदा दिनेबारे छलफल भइरहेको विभिन्न भर्चुअल कार्यक्रममा बताउँदै आएका छन् ।

सो समयमा लोडसेडिङ अत्यधिक हुँदा ऊर्जा बचत, सवारी साधन कम चल्दा इन्धन बचत, वातावरण प्रदूषण कम हुने, कर्मचारी रिफ्रेसमेन्ट हुने, कार्यालय सञ्चालन खर्च कम लाग्ने र आन्तरिक पर्यटनमा वृद्धि गर्ने उद्देश्यले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो । तर सो उद्देश्य पुरा नभएपछि उक्त व्यवस्था खारेज गरी पुरानै व्यवस्था कायम भयो ।

अहिले धेरैजसो देशमा हप्ताको पाँच दिन (४० घण्टा) कर्मचारीले काम गर्ने व्यवस्था  छ । तर, नेपालमा हप्ताको ६ दिन कर्मचारीले काम गर्दै आएका छन् । मुस्लिम बाहुल्य अधिकांश देशले शुक्रबार र शनिबार बिदा दिने गरेका छन् भने पश्चिमा देशहरु बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा एसियाली देशहरु चीन, जापानले शनिबार र आइतबार बिदा दिने गरेका छन् ।

नेपालमा पनि दुई दशक अघि हप्तामा दुई दिन बिदा दिने अभ्यास भएको थियो । एकपटक लागू भइकन फेल भएको यस्तो व्यवस्था पुनः कार्यान्वयनमा जानेमै शंका ब्यक्त गर्दछन् पूर्व मूख्यसचिव डा. विमल कोइराला । आफू अर्थसचिव भएको बेला (लगभग २०५७/५८ सालतिर) हप्तामा दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको उनले बताए । तर सो व्यवस्था २ वर्ष पनि टिक्न नसकेको स्मरण गर्दै डा. कोइराला भन्छन्, ‘दुई दिन बिदाको अवधारणा राम्रो भए पनि यसको कार्यान्वयनमै समस्या आउने गरेको छ । जुन उद्देश्यका लागि पहिला दुई दिन बिदाको नियम बनाइयो, सो उद्देश्यनै छुन नसकेपछि बिदा हटाउन दबाब आयो र अन्ततः हट्यो पनि ।’

सो समयमा लोडसेडिङ अत्यधिक हुँदा ऊर्जा बचत, सवारी साधन कम चल्दा इन्धन बचत, वातावरण प्रदूषण कम हुने, कर्मचारी रिफ्रेसमेन्ट हुने, कार्यालय सञ्चालन खर्च कम लाग्ने र आन्तरिक पर्यटनमा वृद्धि गर्ने उद्देश्यले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो । तर सो उद्देश्य पुरा नभएपछि उक्त व्यवस्था खारेज गरी पुरानै व्यवस्था कायम भयो ।

यता, अर्का पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी पनि सेवाप्रवाह पूर्णतया प्रविधिमैत्री नभएकाले समस्या ल्याउन सक्ने आँकलन गर्छन् । नेपालमा चाडपर्व लगायतका अवसरमा सार्वजनिक बिदा धेरै दिइने भएका कारण पनि साप्ताहिक बिदा दुईदिन दिँदा सेवाप्रवाहमा कस्तो असर गर्ला र अर्थतन्त्र कस्तो होला भन्नेतिर पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । यद्यपि,  राम्रो अध्ययन गरेर सकारात्मक प्रभाव पार्ने देखिए दुई दिन बिदा दिनु उपयुक्त हुने उनको तर्क छ ।

अहिले पर्यटन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने व्यवस्थामा छलफल चलाए पनि संसदीय समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक मस्यौदामा यस्तो व्यवस्था स्वीकार गरेको छैन । राज्य व्यवस्था समितिले सो विधेयक पारित गरिसकेको छ । विधेयक प्रतिनिधि सभामा पेश भएको छैन भने राष्ट्रिय सभामा अझै छलफल हुनेछ ।

अध्ययन गर्न कार्यदल गठन, २ महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ल्याइएको हप्ताको दुई दिन बिदाको अवधारणाबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुई दिन अघि एउटा कार्यदल गठन गरेको छ । सो कार्यदलले काम सुरु गरिसकेको पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

प्रवक्ता समेत रहेका भट्टराईका अनुसार सो कार्यदललाई अध्ययनका लागि २ महिनाको समय तोकिएको छ । पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा विभागका निर्देशक, पर्यटन बोर्डको कार्यकारी अधिकृत, अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सम्मिलित छन् ।

शुक्रबार र शनिबार वा शनिबार र आइतबार कुन दुई दिन बिदा दिने, सरकारी कर्मचारी, सरकारी संस्थान, नीजि क्षेत्र सबैलाई बिदा दिने कि के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता भट्टराईले बताए ।

अहिले पर्यटन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने व्यवस्थामा छलफल चलाए पनि संसदीय समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक मस्यौदामा यस्तो व्यवस्था स्वीकार गरेको छैन । राज्य व्यवस्था समितिले सो विधेयक पारित गरिसकेको छ । विधेयक प्रतिनिधि सभामा पेश भएको छैन भने राष्ट्रिय सभामा अझै छलफल हुनेछ ।

दुई दिन बिदा दिँदैमा आन्तरिक पर्यटन प्रवद्र्धन होला त भन्ने प्रश्नमा डा. सुवेदी भन्छन्, ‘आम नेपालीको आम्दानी बढेको छैन । कर्मचारी वर्ग निश्चित आयमा छन्, घर सञ्चालन खर्च पनि सीमामा छ । घुम्न जान अतिरिक्त खर्च चाहिन्छ । अहिले २० प्रतिशतको हाराहारीमा बचत पुगेको छ । आम्दानी पनि बढेको छैन भने के खर्च गरेर घुम्लान् ? यसको लागि त अन्य प्याकेज पनि ल्याउनुपर्छ ।’

बिदा अहिले नै धेरै छ, थप ५२ दिन थपिन्छ : डा. सुवेदी

नेपाल सार्वजनिक बिदा धेरै दिने मुलुकमध्येमा पर्छ । यहाँ नयाँ वर्ष नै चारवटा पर्छ र चार दिन बिदा हुन्छ । यता राष्ट्रिय चाड दशैं, तिहारमा पनि लामो बिदा हुन्छ । जातजाति विशेषका चाडमा पनि बिदा दिइन्छ ।

यस्तो अवस्थामा हप्तामा दुई दिन बिदा दिँदा वर्षमा अर्को ५२ दिन बिदा थपिने भएकाले पनि यसले सेवा प्रवाहमा कस्तो असर गर्ला भन्नेबारे गम्भीर भएर अध्ययन गर्नु जरुरी रहेको पूर्वसचिव डा. सुवेदी बताउँछन् । लगभग २० वर्ष अघि गरिएको टेस्ट किन असफल भयो भन्नेबारे अध्ययन तथा अनुसन्धान अझै हुन सकेको छैन ।

दुई दिन बिदा दिँदैमा आन्तरिक पर्यटन प्रवद्र्धन होला त भन्ने प्रश्नमा डा. सुवेदी भन्छन्, ‘आम नेपालीको आम्दानी बढेको छैन । कर्मचारी वर्ग निश्चित आयमा छन्, घर सञ्चालन खर्च पनि सीमामा छ । घुम्न जान अतिरिक्त खर्च चाहिन्छ । अहिले २० प्रतिशतको हाराहारीमा बचत पुगेको छ । आम्दानी पनि बढेको छैन भने के खर्च गरेर घुम्लान् ? यसको लागि त अन्य प्याकेज पनि ल्याउनुपर्छ ।’

दुईदिन बिदा दिने मुलुकको उत्पादकत्व कस्तो छ, सेवाग्राही र कर्मचारीको मनोबल कस्तो छ, त्यसको अध्ययन गरेरमात्र बिदाको योजना ल्याउन उनले सुझाए ।

कडा नियमन भएन भने कार्यान्वयन फेरि फेल हुन्छ : डा. कोइराला

अहिले ५ दिन (आइतबार देखि बिहीबार सम्म)  १० देखि ५ बजेसम्म र एक दिन (शुक्रबार) १० देखि ३ बजेसम्म कार्यालय समय छ । ६ दिन काम गर्दा पनि यो भनेको ४० घण्टा नै हो । यदि ९ बजेदेखि ५ बजेसम्म सोमबार देखि शुक्रबार ४० घण्टा काम गर्ने हो भने कर्मचारीहरु तोकिएको समयमै कार्यालय आउनु पर्नेछ । 

डा. बिमल कोइराला कर्मचारीहरु ९ बजे भनेको ठाउँमा १० बजे आउने हो भने  सेवाप्रवाह प्रभावित भइ दुई दिन बिदाको व्यवस्था पुनः फेल हुनसक्ने बताउँछन् । ‘यसअघि लागु गरिएको दुई दिन बिदाको न कुनै मूल्यांकन भयो न कुनै अध्ययन भयो, फेरि दुई दिन बिदा लागु गर्ने हो भने पहिलेको टेस्ट किन फेल भयो भन्ने अध्ययन गर्नु जरुरी हुन्छ,’ उनले भने, ‘ताकि योजना बनाउन सहज होस् ।’

अन्तरराष्ट्रिय अभ्यास अनुसार एकरुपता ल्याउने हो भने दुई दिन बिदा उपयुक्त भएको कोइरालाको भनाइ छ । यद्यपि, प्रभावकारी अनुगमन भने सरकारले गरिरहनुपर्ने उनले बताए । सरकारले जुन उद्देश्यले दुई दिन बिदाको बहस चलाइरहेको छ, त्यसमा भने उनी सहमत छैनन् । दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन होला भन्ने आफुलाई नलागेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप