शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलमासमा राख्नुहोस् यी ११ कुरामा ध्यान

सोमबार, १२ असोज २०७७, ०९ : २५
सोमबार, १२ असोज २०७७

हुन त सामान्य रुपमा सोह्र श्राद्ध समाप्त भएपछि नवरात्रीको सुरुवात हुन्छ तर यो वर्ष यस्तो भइरहेको छैन । यो वर्ष सोह्र श्राद्धलगत्तै एक महिनाको मलमास छ जका कारण नवरात्री एक महिनापछि सुरु हुँदैछ । लिप इयर २०२० को यो मलमास असोज महिनाको अन्त्यसम्मै छ । आउनुहोस्, मलमासमा ध्यान राख्नुपर्ने ११ कुराबारे जानकारी लिऔं ।

१. मलमास पूजा–पाठको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ किनभने मलमासका बेला गरिने पूजा–पाठको फल १० गुणा बढी पाइन्छ भन्ने जनविश्वास छ । अथर्ववेदमा मलमासलाई भगवानको घर पनि बताइएको छ ।

२. भगवान विष्णुलाई मलमासको स्वामी पनि भनिन्छ ।  मलमासको कथा भगवान विष्णुको चौथो अवतार नृःसिंह भगवान र श्रीकृष्णसँग जोडिएको छ त्यसैले मलमासमा यदि यी दुबै देवताको पूजा गरिन्छ भने सबै प्रकारको संकट नष्ट हुन्छ ।

३. मलमासको महिनालाई धर्म–कर्मको महिना मानिन्छ । त्यसैले जो व्यक्ति मलमासमा धर्म–कर्म, दान–पुण्य आदि कार्य गर्छ उनीहरु सबै पापबाट मुक्त भएर बैकुण्ठ बास प्राप्त हुन्छ ।

४. यो मलमासको महिनामा पुरुषोत्तम भगवानलाई श्रद्धासहित पूजा–पाठ र ब्रत आदि कार्य गर्ने व्यक्तिले पनि अन्ततः भगवानको धाम नै प्राप्त हुन्छ ।

५. शास्त्रका अनुसार नृःसिंह भगवानले यो महिनालाई आफ्नो नाम दिएर  भनेका छन्, ‘अब म यो महिनाको मालिक भएँ र यसको नामले सारा जगत् पवित्र हुनेछ । त्यसैले यो महिनामा जसले मेरो पूजा गरेर मलाई प्रशन्न बनाउनेछ, उनीहरुको सबै मनोकामना पूरा हुनेछ ।’

६. यो महिनामा गरिएको पूजा–पाठको असाध्यै महत्व हुन्छ ।

७. मलमासका बेला घरको मन्दिरमा शालिग्राम भगवानको मूर्तिको अगाडि घ्यूको अखण्ड बत्ती बाल्नुपर्छ ।

८. मलमासका बेला गीताको १४ औं अध्यायलाई पनि दैनिक अर्थसहित पाठ गर्नुपर्छ ।

९. मलमासमा विष्णु भगवानको मन्त्र ‘ॐ नमो भगवते वासुदेवाय’ जप्नुपर्छ । यसो गर्दा व्यक्ति सबै पापबाट मुक्ति भएर सद्गति प्राप्त गर्नेछन् ।

१०. मलमासका बेला मह, मुसुरोको दाल, लसुन, प्याज र नशालु पदार्थ इत्यादिको सेवन गर्नु हुँदैन ।

११. मलमासको यो महिना स्वास्थ्यको दृष्टिकोणले पनि उत्तम मानिन्छ । किनभने मलमासमा गरिएको जप, ताप, उपवास आदिले मानिसहरुमा एउटा नयाँ ऊर्जा सञ्चारित गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप