मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई

सोमबार, १२ असोज २०७७, ०७ : ३७
सोमबार, १२ असोज २०७७

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २–२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभे दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे ।

खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले पेनाल्टीबाट रोमालाई अग्रता दिलाए । तर, ४४ औँ मिनेटमा पेनाल्टीबाटै गोल गर्दै रोनाल्डोले युभेलाई खेलमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले हेनेरिक मिखितारियनको पासमा गोल गर्दै खेलमा पुनः रोमालाई अग्रता दिलाए ।

६२ औँ मिनेटमा एड्रियन रोबियोटले दोस्रो पहेँलो कार्ड पाएपछि युभे १० खेलाडीमा सिमित बन्यो । तर, लगत्तै ड्यानिलोको क्रसमा हेडमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँग युभेन्टस लिगको चौथौँ स्थानमा खस्किएको छ । रोमा लिगको १३ औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप