शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिँढी चढेरै हुन्छ तौल नियन्त्रण ? थाहा पाउनुहोस् कसरी गर्ने नियमित व्यायाम

सोमबार, १२ असोज २०७७, ०६ : ५८
सोमबार, १२ असोज २०७७

मानिसहरुको आम धारणा यो छ कि फिटनेसको अर्थ जिमिङ हो । धेरैजसो मानिसहरुको आफ्नो बढ्दो तौललाई कम गर्नका लागि जिम जान रुचाउँछन् जसका लागि भारी शुल्क तिर्नुपर्ने हुन्छ ।

 हालका समयमा धेरैजसो मानिसहरु आफ्नो तौल कम गर्न र आफूलाई मनपरेको ड्रेसमा फिट देखिन चाहन्छन् । यसका लागि तपाईंले सधैं जिम वा फिटनेस कक्षामा भर्ना हुनै पर्छ भन्ने छैन । सिँढी चढ्दा पनि तपाईंको फिटनेस वर्कआउट हुन्छ जसमार्फत् तौल कम गर्न सकिन्छ ।

आफ्नो तौल घटाउनका लागि सिँढी चढ्ने कसरतलाई उत्कृष्ट कार्डिया कसरतमा परिवर्तन गर्न सकिन्छ । तपाईं सिँढीमा स्क्वाट्सजस्ता विभिन्न व्यायाम गर्न सक्नुहुन्छ । अथवा, तल–माथि मात्रै पनि गर्न सक्नुहुन्छ । सिँढी चढ्ने अभ्यास सुरु गरेको खण्डमा तपाईंले तीब्र रुपमा यसको सकारात्मक परिणाम पाउनु हुनेछ ।

सिँढी चढ्ने अभ्यासमा कसरतको गतीले समयसँगै क्यालोरीको मात्रा तीब्र रुपमा बर्न गर्न सकिन्छ । यदि तपाईं बिस्तारै सिँढी चढिरहनुभएको छ भने तपाईं कम क्यालोरी बर्न गर्नुहुनेछ जबकी तीब्र गतीमा चढ्दा तीब्र रुपमा नै क्यालोरी बर्न गर्न सक्नुहुन्छ । सामान्य रुपमा एक व्यक्तिले ३० मिनेटका लागि सिँढीमा दौडिएर ५ सय क्यालोरी बर्न गर्न सक्छन् ।

तौल कम गर्न क्यालोरी बर्न हुनु सबैभन्दा महत्वपूर्ण छ । यसका लागि कम क्यालोरीयुक्त खाना खाएर र शारीरिक गतिविधिमा उल्झिएर धेरै क्यालोरी नष्ट गर्न सकिन्छ । लगभग ५ सय ग्राम तौल कम गर्नका लागि तपाईंले ३ हजार ५ सय क्यालोरी नष्ट गर्नुपर्छ । यदि तपाईं दैनिक ३० मिनेट व्यायाम गर्नुहुन्छ भने तपाईंको दुई–चार हप्तामा केही तौल कम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप