केन्द्रीय संस्करण

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

काठमाडौँ – नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए ।

नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए ।

यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएको छ  । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको उपसचिव आचार्यले जानकारी दिए ।

डा. भण्डारी यसअघि छ महिनादेखि नार्कमा कार्यवाहक कार्यकारी निर्देशक थिए । वरिष्ठताका आधारमा मन्त्रालयले कार्यकारी निर्देशकमा सिफारिस गरेको उपसचिव आचार्यले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.